Government of Nepal Logo
Government of Nepal Logo
बागमती प्रदेश सरकार
श्रम, रोजगार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्‍चोक

बनेपा, काभ्रेपलाञ्‍चोक, नेपाल

बागमती प्रदेश सरकार
श्रम, रोजगार तथा यातायात मन्त्रालय

यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्‍चोक

बनेपा, काभ्रेपलाञ्‍चोक, नेपाल

कार्यालयको परिचय

6 महिना अगाडी

2081-02-31


बागमती प्रदेश सरकार, (मन्त्रिपरिषद्) को मिति २०८०/०८/१२ गतेको निर्णयबाट श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश हेटौंडा अन्तर्गत यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्चोकको संगठन संरचना तथा दरबन्दी तेरीज स्वीकृत भई बागमती प्रदेश अन्तर्गत काभ्रेपलाञ्चोक जिल्ला (वि.पि राजमार्गको छेउ) मा अवस्थित रही सिन्धुली, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, भक्तपुर जिल्लाको पूर्वी भाग लगायत अन्य जिल्लाका सेवाग्राहीलाई यातायात सम्बन्धित सेवा प्रवाह गर्ने प्रयोजनार्थ हाल यो कार्यालय बनेपा नगरपालिका वडा नं ६ -स्थित वुडोल सपिङ कम्लेक्सको माथिल्लो दुई तल्लामा स्थापना भई सञ्चालनमा आएको छ । यस कार्यालयको औपचारिक उद्‍घाटन बामगती प्रदेश सरकारका माननीय श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले मिति २०८१/०३/१५ गते गर्नुभएको थियो । 

यस कार्यालयबाट प्रवाह हुने सेवाहरु - 

२०८१/०३/०५ गते देखी प्रारम्भिक चरणमा शुरु भएका सेवाहरु –

  1. सवै प्रकारका सवारीसाधनहरु (मोटरसाइकल तथा साना/ठूला सवारी) को दर्ता सम्बन्धी सेवाहरु
    1. शुरु दर्ता
    2. अस्थायी दर्ता
    3. सरुवा दर्ता
    4. हेरफेर दर्ता
    5. पुनःदर्ता
    6. लिलाम दर्ता
  2. सवारी दर्ता प्रमाणपत्र जारी र प्रतिलिपि जारी सम्बन्धी सेवाहरु,
  3. सवै प्रकारका सवारीसाधनहरुको नामसारी सम्बन्धी सेवाहरु,
  4. सवारी दर्ता प्रमाणपत्र नविकरण सम्बन्धी सेवाहरु,
  5. सवारी साधन कर संकलन,
  6. जाँचपास सम्बन्धी सेवा,
  7. प्रदूषण चेकजाँच सम्बन्धी सेवाहरु,
  8. पञ्जिकरण सम्बन्धी सेवाहरु,
  9. रुट परमिट जारी तथा नविकरण सम्बन्धि सेवाहरु,
  10. पटके इजाजतपत्र सम्बन्धि सेवाहरु,
  11. सवारीको लगतकट्टा सम्बन्धी सेवाहरु,
  12. यातायात क्षेत्रको अनुगमन सम्बन्धी सेवाहरु
  13. कारखाना तथा वर्कसप सम्बन्धी सेवाहरु । 

    भविष्यमा सुचारु गरिने सेवाहरु

  • सवै वर्गका सवारीचालक अनुमतिपत्रको जारी तथा बर्ग थप सम्बन्धी सेवाहरु
  • सवारी चालक अनुमतिपत्र नविकरण सम्बन्धी सेवाहरु
  • सवारी चालक अनुमतिपत्र प्रतिलिपी सम्बन्धी सेवाहरु
  • कारवाहीमा परेका सवारीचालक अनुमतिपत्रको जरिवाना संकलन
  • चालक अनुमतिपत्र खारेजी सम्बन्धी कार्यहरु
  • चालक अनुमतिपत्रको अभिलेख व्यवस्थापन सम्बन्धी कार्यहरु
  • चालक अनुमतिपत्रको Verification सम्बन्धी कार्यहरु

सूचना


सबै सूचना हेर्नुहोस
साइट हेरिएको : page counter
अन्तिम पटक अद्यावधिक गरिएको : 2081-09-22 02:44:28

© सर्वाधिकार सुरक्षित यातायात व्यवस्था कार्यालय, काभ्रेपलाञ्‍चोक